नमस्कार ! अहिले नेपालले शेयर बजारबाट राम्रो सफलता  हात पारिरहेको छ ।नेप्से सर्बाधिक उच्च बिन्दुमा पुग्नुकस साथै शेयर कारोबार रकममा समेत उल्लेखनीय वृद्धि भएको छ भने धितोपत्रको दोस्रो बजारमा नयाँ लगानीकर्ताहरुको बड्दो आकर्षणले नेपालको शेयर बजारमा रौनकता थपिएको छ।


शेयर बजारमा जति बिकास भैरहेको छ त्यस सङसङै नेपालको शेयर बजारमा गैरकानुनी रुपमा शेयर खरिदबिक्री गर्ने जस्ता अराजकता मोउलायको कुरा विभिन्न सामाजिक संजाल तथा विभिन्न कार्यक्रमहरुमा लगानीकर्ताहरुले व्यक्त गरिरहेको देख्न तथा सुन्न सकिन्छ । कतिपय  ब्यक्तिहरु आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गर्नको लागि छुट्टै  समुहनै बनायर शेयर बजारमा चलखेल गर्ने परम्पराबाट अछुतो रहन सकेको छैन ।

हाम्रो देशको बिग्रदो परिस्थिति र कमजोर अर्थव्यबथाको फाइदा उठाउदै भिन्न भिन्न ढंगले शेयरमा चलखेल हुने भयेतापनी केही चलखेलका स्वरुप भने बिस्वभरिनै समान देखिन्छ ।बिस्वभरिनै हुने समान चलखेलहरु भन्नाले इन्साइडर ट्रेडिङ ,शेयर कर्नरिङ र अफवाह फैलायर शेयर बजारमा चलखेल गर्नेजस्ता क्रियाकलापहरु भइरहेको देख्न र सुन्न सकिन्छ ।


इन्साइडर ट्रेडिङ भन्नाले कम्पनिको भित्री सूचना  चुहावट गरि यदि कसैलाई शेयरको किनबेच गर्ने तथा गराउने  गर्छ भने त्यसलाइ इन्साइडर ट्रेडिङ भन्ने गरिन्छ । यदी  कुनैपनी ब्यक्तिले सार्बजनिक  भैसकेका भित्री सूचना चुहाइ शेयर कारोबार  गर्ने कार्य गर्दछ भने  त्यसलाई  इन्साइडर ट्रेडिङ तथा भित्री कारोबार भन्ने गरिन्छ । यस्तो कारोबार स्वयंम आफू वा अरुबाट पनि गर्न लगाइन्छ।


कुनै  पनि सङगठनमा सम्लग्न रहेकोे ब्याक्तीले संगठनको गोप्य सुचना तथा जानकारीहरु आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरुलाइ दिनको लागि अनुमति हुदैन ।अनुमति बिना यस्तो कार्यहरू हुन्छ भने यसलाई इन्साइडर ट्रेडिङ को रूपमा लिइन्छ ।


अब हामी  यी इन्साइडर ट्रेडिङ ,शेयर कर्नरिङ र अफवाह फैलाउने कार्य के हो त कस्ता कार्य गर्दा यी गैरकानुनी कार्य  भएको मान्न सकिन्छ  भन्ने बारेमा स्पष्ट हुनु जरुरी छ ।


1.)  इन्साइडर ट्रेडिङ  :  कुनै  पनि कम्पनीको भित्री गोप्य सूचनालाई चुहायर जून शेयरको कारोबार  गरिन्छ भने त्यसलाई इन्साइडर ट्रेडिङ  भनिन्छ ।सर्बसाधारन्र  जनतालाई कम्पनी भित्रको गोप्य कुराहरू थाहा हुदैन तरपनी त्यही कम्पनी भित्रको कर्मचारी वा सम्बन्धित ब्यक्तिले कम्पनी ले अब आउने दिनमा यति प्रतिशत लाभांश दिदैछ,हकप्रद शेयर तथा बोनस दिदैछ भन्ने कुराहरु पहिलेनै आफू लगायत आफू मातहतका मानिसहरू लाई भन्ने जस्ता कार्य गर्ने गर्दछन। जुन कम्पनीको शेयरको मूल्य बद्दैछ भनी जानकारी दिने र शेयरको मुल्य  कम हुदानै शेयर किन्न लगाउने  पछि कम्पनीले शेयर निष्कासन गरिसकेपछि त्यसको मुल्यमा बिद्दि गरि सर्बसाधारन्न  बाट नाफा कमाउने उदेश्य ले यस्तो कार्य गरिन्छ।


2.)   शेयर कर्नरिङ :   शेयर कर्नरिङ नामबाटै स्पष्ट हुन्छकी कर्नर अथवा कुनो ।छिरलियर रहेको  शेयर हरुलाइ एकैठाउमा जम्मा पारी त्यसलाई दबाइ ब्यक्ति ,समूह,तथा संगठन ले लामो समयसम्म hold गरि राख्ने र supply रोक्दियर शेयरमूल्य मा     लगातार सर्किट लगाउने र कारोबार भएपछि शेयरमूल्यमा पुन गिराबट  ल्याउने जस्ता कार्य यस अन्तर्गत हुने गर्दछन।प्राय यस्ता कार्यहरू सानो सनो मात्रामा शेयर निस्कासन गर्ने कम्पनीमा हुने गर्दछ।यस्तो कार्य गर्नमा कम्पनी कै टाठाबाठा ब्याक्ती हरुको हात रहेको हुन्छ ।


3.) अफवाह फैलाउने  :   नेपाली शेयर बजारमा पनि यस्ता कार्यहरू निरन्तर बड्दै गयको देखिन्छ ।सामाजिक संजाल हरुमा कुनै  कम्पनीलाई लिएर आबस्यकता भन्दा बढी तरफदारी गरिदिने , हावा सूचनाहरु फैलाउने, बित्तीय अबस्थाको बारेमा थाहा नै नभै सूचना दिने , dividend , bonus  जस्ता कुराहरू मा आबस्यकता भन्दा बढी बढाइचढाइ गरेर लगानीकर्ताहरुलाइ भ्रममा पार्ने जस्ता कार्यहरू लाई यस अन्तरगत लिन सकिन्छ। यस्ता कार्यहरुले शेयर बजारमा प्रवेश गर्ने नयाँ लगानिकर्ता तथा सोजा जनतामा नकारात्मक असर पुर्यायको छ।