नमस्कार ! अहिलेको प्रतिस्पर्धात्मक सफलता प्राप्त गर्ने लहर चलेसङ्गै शेयर बजार प्रतिको सर्बसाधरणहरुको चासो साच्चिकै लोभ लाग्दो नै देखिन्छ ।दिनप्रतिदिन शेयरबजारमा लगानी गर्न चाहने लगानीकर्ताको संख्यामा वृद्धि भइरहेको छ। कोही यस्ता ब्यक्तिहरु हुनुहुन्छ जो शेयरमा लगानी गर्न चाहानुहुन्छ तर Demat account , Broker account को बारेमा केहि जानकारी छैन जून कुरा शेयर बजारमा प्रवेश को लागि बुज्नुनै पर्ने हुन्छ।यस्ता ब्यक्तिहरुलाइ शेयर बजारमा प्रवेश गर्न सहज बनाउने उदेश्यले म Demat Account र Broker account केको लागि प्रयोगमा आउन्छ भन्ने बारेमा जानकारी दिनेछु। 

 

Demat Account : शेयर बजारमा प्रवेश गर्नको लागी अनिवार्य रुपमा Demat खाता खोल्नु नै पर्ने हुन्छ ।यो खाता खोल्नको लागी एउटा राम्रो बैंकको Saving Account को आबश्यकता पर्दछ ।हाम्रो saving account भएको बैंकबाट नै हामी Demat account खोल्न सक्छौ ।यस खातामालाई इलेक्ट्रोनिक ढाँचामा शेयरहरु र सेक्युरिटी होल्ड गर्न प्रयोग गरिन्छ । Demat खाताको पुर्ण फाराम एक dematereliased खाता हो ।Demat खाता खोल्ने उदेश्य भनेको खरिद गरेको वा dematereliased शेयर hold गर्नु हो।Dematereliased ले online trading बखत प्रयोगकर्ताका लागि शेयर ट्रेडिङ गर्न को लागी सजिलो बनाउन्छ। Demat खाताले इलेक्ट्रोनिक ढाँचामा शेयर र सेक्युरिटी को सुबिधा प्रदान गर्दछ।पहिलेको समयमा ipo भर्दा बैंक ले एउटा कागजको certificate दिने गर्थ्यो तर त्यो certificate च्यातिने ,हराउने समस्या आइरहने हुँदा उक्त समस्या समाधान गर्ने उदेश्यले share certificate लाई electronic form मा लानको लागि खोलिने खातालाइ Demat account भन्ने गर्छौ ।यसले online trading को क्रममा शेयरहरु खरिद गरि Demat खातामा राखिन्छ्न जसले गर्दा प्रयोगकर्ता हरुका लागी सजिलो ब्यापार को सुबिधा प्रदान गर्दछ। 

 

Broker Account : primary market मा प्रवेश गरिसकेपछि त्यहाबाट खरिद गरेका शेयरहरुको कारोबार गर्नको लागि अनिवार्य रूपमा secondary market मा प्रवेश गरिसकेपछि शेयर ट्रेडिङ को लागी एउटा राम्रो broker office छानेर त्यहाबाट एउटा account खोल्ने गरिन्छ जसलाइ broker account भन्ने गरिन्छ ।secondary market मा शेयरहरुको कारोबार भइरहन्छ।BrokerAccount online बाट पनि सजिलोसँग खोल्न सकिने ब्यबस्था छ जसले गर्दा online मार्फत नै सजिलै शेयरको खरिदबिक्री गर्न सकिन्छ ।