नमस्कार ! नेपालमा अहिले शेयर बजारमा लगानी गर्ने लगानिकर्ताको संख्या तीब्र रुपमा बढेको देख्न सकिन्छ ।केही समय अगाडि करिब ५ लाख सम्म रहेको लगानी कर्ता को संख्यामा अहिले तीब्र रुपमा बढेर करीब २३ लाख सम्म पुग्न आटेको छ। छोटो समयमा नै यति धेरै लगानिकर्ता को साथ पाउनु भनेको लगानियोग्य क्षेत्रको लागि यकदमै खुसीको कुरा हो।
केही समय अगाडि शेयर निष्कासन गर्नको लागि यकदमै चर्चामा रहेको कम्पनी सर्बोत्तम सिमेन्टको सबै प्रक्रिया पूरा हुदाहुदै पनि शेयर निष्कासन गर्न धितोपत्र बोर्ड बाट अनुमती पायेको थियन ।अहिलेभने यसको प्रक्रिया बिधिबत रुपमा अगाडि बढिरहेको छ। यश कम्पनिले बुक बिल्डिङ विधि मार्फत ipo निष्कासन गर्ने भनी नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको थियोे ।नेपालको सन्दर्भमा ipo निष्कासन गर्ने भनियको यो विधि बिल्कुलै नयाँ हो।
त्यस्तैगरी यश कम्पनीले ipo निष्कासन को लागि बिक्री प्रबन्धक मा Global Ime capital लाई तथा सहायक प्रबन्धकमा NIBL Ace capital र Prabhu capital लाई चयन गरि आफ्नो तर्फबाट पुरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छ । यस् कम्पनिले माघ 6 गतेको साधारण सभाबाट ipo जारी गर्ने प्रस्ताव जारी गरेको थियोे ।
यस कम्पनिले आफ्नोतर्फबाट पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्दागर्दै पनि कम्पनी बित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा स्पष्ट हुन नसकेको र नेपालमै पहिलो पटक बुक बिल्डिङ विधि प्रयोग गरि ipo निष्कासन गर्ने जसमा लागत खर्च पनि धेरै हुने कुराले गर्दा नेपाल धितोपत्र बोर्ड आइपियो निष्कासन गर्नको लागी अनुमति दिन हिचकिचायको थियोे । तर अहिले भने सबै प्रक्रिया अगाडी बढिसकेको छ ।
हाल यस् कम्पनीको जारी पूंजी ४ अर्ब रहेकोे छ जसमध्ये चुक्ता पूंजी ३ अर्ब ४० करोड रहेकोे छ। यस् कम्पनिले अहिले ६० लाख कित्ता ipo निष्कासन गर्न लागेको हो। कम्पनीको अनुसार ६० लाख कित्तामध्य ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य सस्थागत लगानिकर्ताका लागि छुट्याइने छ भने बाकी रहेको ३६ लाख कित्ता मद्द्य ८ लाख कित्ता स्थानीय बासिलाइ ३ लाख कित्ता कर्मचारी लाई र २५ लाख कित्ता सर्बसाधारण का लागी जारी गर्ने भएको हो।कम्पनिले यहि महिनाको अन्तिम सम्म शेयर निष्कासन गर्ने अनुमान गर्न सकिन्छ।
1 Comments
You must be conversant with all of the casino bonus terms and circumstances. Deposit Bonus | This promotion is often triggered when gamers make their first real cash deposit on the casino web site. Casinos usually supply deposit bonuses to motivate customers 클레오카지노 to deposit extra money into the account. Welcome Bonus| The welcome bonus is one of the|is among the|is likely certainly one of the} largest casino bonuses in online playing. Most of the time, it additionally has respectable wagering necessities.
ReplyDelete