नमस्कार ! Mutual fund ( सामुहिक लगानी कोष) नामबाट नै स्पष्ट हुन्छ कि mutual fund धेरै ठाँउ मा छरियर रहेकोे पुजी लाई एकै ठाउँमा जम्मा पारी ब्यबस्थित तरिकाले कुनै पनि उत्पादनमूलक क्षत्रमा लगानी गर्ने एउटा माध्यम हो। mutual fund मा लगानी गर्नको लागी secondary market मा प्रवेश गर्नुपर्दछ।नेपालको सन्दर्भमा कुरा गर्दा यसलाई (क) बर्गमा सूचीकरण भएको बाणिज्य बैंकहरुले बजारमा ल्याउन सक्छन् ।यसरी विभिन्न क्षत्रमा छरिएर रहेको पूंजीलाई  एकै ठाउँमा जम्मा पारी fund manager हरुले निर्णय गरि विभिन्न उत्पादनमूलक क्षत्रमा लगानि गर्ने काम गरिन्छ । लगानी गर्ने क्षत्र अन्तर्गत share, debentures,fixed deposit ,government bonds जस्ता लगनियोग्य माध्यम लाई लिन सकिन्छ । Mutual fund मा लगानी गर्दा यसका दुईभाग मा आधारित रहेर गर्न सकिन्छ ।तिनीहरु लाई निम्नलिखित स्पष्ट पार्न सकिन्छ।

# सामुहिक लगानी कोषका प्रकारहरु (Tyepes of mutual fund)

1.) open ended mutual fund

2.) close ended mutual fund


1.)  Open ended mutual fund : यस् किसिमको mutual fund  दोस्रो बजारमा listed हुदैन । यसलाई  जतिबेला पनि किन्न सकिन्छ ।यसलाई किन्नको लागि fund मै जानुपर्ने  हुन्छ ।यो Net assets value मा valuation हुने भएकोले यसको खरिद अथवा बिक्रि को लागि पनि net assets value mai जानुपर्ने हुन्छ । open ended mutual fund ले demand को आधारमा fund बेच्ने गर्छ , यसमा कुनै fix issue  no हुँदैन । त्यसैले यसलाई  बेच्नुपर्यो भने fund manager को मै जानुपर्ने हुन्छ ।


2.)  closed ended mutual fund :  यसमा निश्चित एकाइ  mutual fund निष्कासन भएको हुन्छ । यसको maturity period पनि fix हुन्छ । यसले public लाई  offer गरेर fixed amount of capital raised गर्ने  गर्छ ।यसमा जम्मा भएको fund हरुलाइ Nepse मा listed गरेर  कारोबार गरिन्छ । यसमा लगानी  गरेको रकम लगानीकर्ताले time period सकियपछी profit सहित पाउने गर्दछन।