नमस्कार ! अहिलेको समयमा नेपालमा पनि शेयर बजारको बारेमा दिनप्रतिदि सर्बसाधारन को चासो बद्दै गइरहेको छ।धेरै  भन्दा धेरै ब्याक्तीहरु शेयरमा लगानि गर्न चाहादाचाहदै पनि यसमा प्रवेश गर्न नसकेको अबस्था पनि देखिन्छ ।धेरै  बाट सुन्न अथवा सामाजिक संजालहरुमा धेरै पोस्टहरु पनि देख्न सक्छौ कि शेयरबजारबाट कोहि करोडपति बने  कोही अरबपती बने। हो साथीहरू शेयर बजार त्यस्तो ठाँउ हो ।जहाँ  कोहि मानिसहरु १००० बाट बजारमा प्रवेश गरेर करोडपति बनिसकेभने कोही मानिसहरू करोडपति बाट रोडपति बने भन्ने जस्ता टन्नै उदाहरणहरु देख्न सकिन्छ ।

 शेयरबाट करोडपति भइन्छ भन्दैमा यत्तिकै अल्लारे पाराले हचुवा को भरमा लगानी गरेर मात्र हुदैन त्यसबाट मनग्ये मुनाफा कमाउनको लागि बजारमा प्रवेश गर्नुभन्दा पहिले कम्पनीको बारेमा सम्पुर्ण जानकारी लिनुपर्दछ। कम्पनिको बित्तिय अबस्था , भावी योजना र कम्पनीको उदेश्य जस्ता कुराहरुमा  बिशेश ध्यान  पुर्याउन नसक्दा वा कम्पनीको analysis राम्रोसँग नगरी वा कम्पनीको बारेमा राम्रोसँग नबुझी लगानी गर्दा लगानी डुब्ने सम्भावना पनि उत्तिकै रहन्छ ।यस्ता कमि कमजोरीको कारण शेयरबजारमा प्रवेश गरिसकेपछि कसैले पनि घाटा बेहोर्नु  नपरोस् भन्ने उदेश्य का साथ सफल लगानीकर्ता कसरी बन्न सकिन्छ  भन्ने बारेमा १० टिप्सहरु बताउने छु। यी टिप्सहरुलाइ  ध्यान दिएर अगाडि  बड्नु भयो भने पकै पनि शेयर बजारबाट घाटा बेहोर्नु पर्दैन ।
ती १० टिप्सहरु निम्नलिखित स्पष्ट छन ।

1.) साथीहरू शेयरमा लगानी गर्दै हुनुहुन्छ  भने यत्ति लगानी गर्नुहोस् जत्तिसम्म तपाईंले थेग्न सक्नुहुन्छ ।तपाईंहरु आफुसन्ङ भएको सबै पैसा शेयरमा मात्र लगानी नगर्नुहोस् किनकी शेयर बजारमा सधै मुनाफा नै हुन्छ कुनै  दिन शेयर को    मूल्यमा त्यसरीनै गिरावट आउन पनि सक्छ ।

2.)यदि तपाइँहरु त्रृण लिएर लगानी गर्ने सोचमा हुनुहुन्छ भने त्यो  सोचलाइ दिमाग बाटै हटाउनु जरुरी छ किनकि शेयर बजारमा कहिले सोचेभन्दा बढी मुनाफा हुन्छ भने कहिले लगानिनै फस्न सक्छ ।

3.) कसैको लहलहिमा लागेर यकछिनको सोचाइ  अथवा भावना बाट  उत्तेजित भयर यस्मा लगानी  गर्नु हुदैन ।कुनै  पनि कार्य क्षेत्रमा प्रवेश  गर्नुभन्दा पहिले कम्तिमा पनि 3,4 महिना बिस्तृत अध्ययन  गर्नुपर्छ ।

4.) कुनै पनि कम्पनीको शेयर किन्दै हुनुहुन्छ भने कम्पनीको Dividend histry, company growth , business  अथवा कम्पनीले भबिस्यमा कस्तो किसिमको मुनाफा दिन्छ सबै को बारेमा बिस्तृत रुपमा कम्पनीको Analysis गरेर मात्र लगानी गर्नुहोस। किनकी हामिहरुलाइ प्रतिफल दिने भनेको कम्पनीले हो।

5.)कुनै पनि क्षेत्रमा लगानी गरिसकेपछि risk त लिनु नै पर्ने हुन्छ तरपनी सकेसम्म आफुले लगानी गरेको ठाँउ  बाट घाटा बेहोर्नु नपरोस्  भन्नको लागि कम्पनी profit या loss मा गइरहेको  छ  भन्ने बारेमा  day to day update भैरहनुपर्छ।

6.)आफुले लिएको शेयर किनबेच  गर्ने decision आफै गर्न सक्नुपर्छ ।

7.) देशको अर्थतन्त्र सङग संबंधित सुचनाहरु बाट update भइरहनु पर्छ ।

8.)आफुसङग  शेयर भएको कम्पनीले जारी गरेको हकप्रद को बिषयमा  चनाखो भयर लाग्नुपर्छ ।

9.)आफुले लियको शेयरमूल्य लामो समयसम्म स्थिर रहेकोे छ र त्यसबाट प्रतिफल आएको छैन भने त्यसलाई बेचेर अर्को  राम्रो कम्पनीको शेयर खरिद गर्नुहोस् ।

10.) दोस्रो बजारमा कारोबार गर्दा राम्रो ब्रोकर छान्नुपर्ने हुन्छ र ब्रोकरबाट बजारको बारेमा सम्पूर्ण कुराहरू  बुज्नुपर्छ।बजारको बारेमा प्रत्येक समय जानकारि लिनको लागि ब्रोकरसङग सम्पर्कमा रहनुपर्छ ।

यी कुरामा विशेष ध्यान  दिएर शेयर बजारमा लगानी  गर्नुभयो भने पक्कै  पनि सफलता पाउनुहुनेछ।