नमस्कार ! Ipo भर्नका लागी धेरै भन्दा धेरै लगानिकर्ता उत्साहित रहेको देखिन्छ ।त्यसैगरी केही समयमानै शेयर बजारप्रती सर्बसाधारणको चासो दिनप्रतिदिन तीब्र रूपमा बढ्दै गइरहेको देख्न सकिन्छ । सायद शेरर बजारमा थोरै पैसाबाट लगानी गर्न पाउने भयर पनि होला धेरै मानिसहरू यसको बारेमा बुझ्न् उत्साहित भएको देखिन्छ ।वास्तवमै शेयरबजार जुनसुकै स्तरका ब्यक्तिहरुका लागि पनि मुनाफा आर्जन गर्नको लागी एकदमै राम्रो platform बन्न सक्छ ।


यदि तपाईंलाई अहिलेसम्म कुनैपनी कम्पनीको ipo परेको छैन र निराश हुनुभएको छ भने अब निराश हुनु पर्दैन ।जसरी केही समय अगाडि Nifra को ipo निस्कासनले धेरै लगानिकर्ता लाई खुशी पार्न   सफल भएको थियो त्यसरिनै Nifra पछिकै ठुलो मात्रामा सबै आबेदकलाइ १०,१० कित्ता पर्ने गरि ipo निष्कासन को प्रक्रिया अगाडि बढाइसकेको छ।।


यस कम्पनीको नाम उदयपुर सिमेन्ट उद्द्धोग रहेकोे छ।यस कम्पनिले ipo निश्कासन गर्ने प्रस्ताव सहित बार्षिक साधारणसभा आवान गरेको हो। कम्पनीको संचालक समितिले गरेको निर्णय अनुसार कम्पनीको २० औ देखि ३३ औ बार्षिक साधारणसभा जेठ ३० गते आइतबार उद्योगको समिक्षा हल जलजले उदयपुरमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुने बताएको छ।।


त्यस्तै यश कम्पनिले सभाको बिशेष प्रस्तावमा ३अर्ब ३८ करोड ५९ लाख २० हजार २सय रुपैयाँ बराबरको ipo निष्कासन गर्ने भनी जानकारी गरयको छ।यो भनेको करिब ३३ करोड भन्दा बढी कित्ता शेयर निश्काशन गर्ने भएको छ।त्यस्तै यसले अहिलेसम्म सर्बसाधारण तथा कर्मचारी , स्थानीयको लागि के कत्ति कित्ता छुट्टाउने वा नछुट्टाउने भनी अहिलेसम्म केही सहमति भएको छैन तरपनी यसको शेयरसंख्यालाई हेर्दा यसको ipo धेरै जनाले हात पार्न सक्ने देखिएको छ।


यस कम्पनिले सम्बन्धित निकायको स्वीकृती लिएर उधोगको नाममा रहेको १ अर्ब ७२ करोड ५० लाख सावाँ रकम र १ अर्ब ६६ करोड ९ लाख २० हजार २सय रुपैया ब्याज रकम गरि कुल ३अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँलाई  साधारण शेयर कायम गरि नेपाल सरकार को सावाँ रकम राफसाफ गर्न लागेको हो।यसको साथै सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा विभिन्न आर्थिक बर्षको बार्षिक प्रतिबेदन बारे छ्लफल गरि पारित गर्ने , लेखापरीक्षण प्रतिबेदन ,वासलात , नाफानोक्सान हिसाब र सोही अबधिको नगद प्रबाह विवरण लगायतका बित्तिय विवरणहरु छ्लफल गरि पारित गर्ने लेखापरीक्षण नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरु सभामा पारित गरिने बताइएको छ।त्यसैगरी कम्पनीको ४अर्ब रहेकोे जारी पूंजीलाई १० अर्ब पुर्याउने प्रस्तावलाई विशेष प्रस्तावको रूपमा सभामा छलफल भएको छ।यस् कम्पनिले छिट्टै नै आफ्नो आबस्यक प्रक्रिया अगाडि बढाइ ipo निष्कासन गर्ने छ।आशा छ यश कम्पनीको ipo धेरै जनाले हात पार्नुहुनेछ।