नमस्कार ! Debentures ( ऋणपत्र) भनेको के हो? यसको महत्त्व के कस्तो रहेको छ ? कम्पनीको लागी यसको आबश्यकता को बारेमा बुजाउनु पर्दा एउटा कुनै पनि कम्पनीले आबश्यक परेको पैसा बजारबाट संकलन गर्नको लागि शेयर बिक्री गरेर अथवा ऋण लिएर दुइटा तरीका अपनाउने गर्छ ।त्यसैगरी Debenture सर्बसाधारणबाट ऋण मार्फत पैसा संकलन गर्ने एउटा माध्यम हो।
ऋण पूंजीलाई शेयरपूंजी जस्तै सानासाना एकाइमा बिभाजन गरिएको हुन्छ जसलाई हामी ऋण पत्रको रूपमा बुज्न सक्छौं । ऋणपत्र कम्पनीले ऋणदाताहरुलाइ दिने लिखित प्रतिज्ञापत्र हो जसलाई निश्चित ब्याजदर तथा परिपक्क अबधिका साथै अंकित मूल्य तथा अन्य आबश्यक सर्तहरू उल्लेख गरिएको हुन्छ । सर्बप्रथम त कम्पनीले आफ्नो ipo निष्कासन गरेर share बाट पैसा उठाउने काम गर्छ त्यसपछि पनि कम्पनीले अन्य महत्त्वपूर्ण कार्यको लागि आबस्यक परेको पैसा आफ्नो स्वामित्व नगुमाइकन पैसा उठाउने कार्य गर्छ जुन माध्यम भनेको debenture हो।
समग्रमा Debentures भनेको कम्पनिद्वारा जारी गरिएको , कम्पनीको शिलमोहर लागेको लिखित प्रतिज्ञापत्र हो। जसमा कम्पनीले ऋणपत्र धारकलाई सावाँ भुक्तानी हुने मिति ब्याज भुक्तानी दर र प्रक्रिया सहित प्रत्येक ऋणपत्रको अंकित मुल्यपनी सोही पत्रमै उल्लेख गरिएको हुन्छ ।यसरी सर्बसाधरणबाट लियको ऋण र सोको लागि तिरेको ब्याजसमेत दर्शाइ कम्पनिद्वारा शिलमोहर लगाई जारी गरिएको आधिकारिक प्रमाणपत्र हो।
0 Comments